मानपदवीका विषयमा आलोचना भइरहेका बेला विप्लवका छोराले गरे सीता दाहालको प्रतिरक्षा
काठमाडौं। सरकारले संविधान दिवसका बेला विभिन्न व्यक्तिहरुलाई मानपदवीहरु प्रदान गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई प्रबल जनसेवा श्री मानपदवी प्रदान गर्ने निर्णय गरिएपछि यसको धेरै आलोचना भयो । यो विषयमा सामाजिक संजालमा निकै नकारात्मक टिकाटिप्पणीहरु गरिएका छन् । तर, प्रचण्डसँग अलग्गिएर नयाँ पार्टी बनाएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा डा. प्रकाश चन्दले भने सीता दाहालको प्रतिरक्षा गरेका छन् ।
 
आमा तिम्लाई मेरो पनि सम्मान:
बिरोध गर्ने साथिहरु ठन्डा दिमागले सोच, तिम्रो बुडिले तिमि अबेर घर आउँदा २ दिन बोल्दिनन। तिम्लाई काँडा बिज्दा आमाले राति भात खान्निन तर यि आमाले त त्यो संघर्ष मा तिम्रो आमा र बुडिले भन्दा पक्कै बढि नै दु:ख गरिन अनि किन रुन्छौ यार? आमालाई मजाग नबनाउ। pic.twitter.com/gEcziN4Qk0— डा. प्रकाश चन्द (@Ernestochand93) September 21, 2021
उनले ट्वीटरमा सीता दाहालसँगको तस्वीर पोस्ट गर्दै लेखेका छन् ‘आमा तिमीलाई मेरो पनि सम्मान । विरोध गर्ने साथीहरु ठण्डा दिमागले सोच । तिम्राी श्रीमतीले तिमी अबेर घर आउँदा २ दिन बोल्दिनन् । तिमीलाई काँडा बिझ्दा आमाले राती भात खान्निन तर यी आमाले त त्यो संघर्षमा तिम्री आमा र श्रीमतीले भन्दा पक्कै बढी नै दुःख गरिन् अनि किन रुन्छौ यार ? आमालाई मजाक नबनाउ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment