एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रबारदेखि सुरु हुँदै छ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
तामाङका अनुसार शुक्रबार विहान ११ बजेदेखि बैठक सुरु हुने छ। बैठकले असोजको १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनलगायतका प्रस्तावमाथि छलफल हुने तामाङको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment