कांग्रेस केन्द्रीय अधिवेशन हेरफेर हुने संकेत, जिल्ला अधिवेशनको मिति सर्‍याे

डिसी नेपाल
८ असोज २०७८ ११:२२
84
Shares

काठमाडौं। नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत जिल्लाहरुको अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ।विहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लाहरुमा दसैं अघि र दसैंपछि अन्य जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको हो।

निर्वाचन समितिका अनुसार, वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । दसैँपछि हिमाली जिल्लामाहरुमा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ।

कांग्रेसले हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रसुवा, मनाङ, सिन्धुपाल्चोक, मुस्ताङ,डोल्पा, जुम्ला, मुगु, हुम्ला,कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला राखेको छ। यी जिल्लाहरुमा दशै अघि नै सबै तहको अधिवेशन हुने छ।

५६ जिल्लाको प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ र तिहारको बीचमा गर्ने सहमति भएको छ। त्यस्का लागि निर्वाचन समितिले चाँडै नयाँ कार्यतालिका सार्वजानिक गर्ने जनाएको छ।त्यसकारण मंसिरमा निर्धारण भएको अधिवेशनको तालिकामा आंशीक प्रभाव पर्ने सम्भावना देखिएको छ।

हाल प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्मको कार्यतालिका तय भएको छ । तर निर्वाचन समितिका अनुसार,प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका मा आंशीक प्रभाव पार्ने भएकाले केही हेरफेर हुनसक्ने संकेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *