प्रधानन्यायाधीशबिनाकाे संवैधानिक इजलाससम्बन्धी मुद्दामा आज टुंगो लाग्दै

डिसी नेपाल
८ असोज २०७८ १२:५५
108
Shares

काठमाडौं। प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन हुन सक्छ कि सक्दैन भन्ने मुद्दाको सम्भवत: आज टुंगो लाग्ने भएको छ। संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्नेविरुद्धको रिटमाथिको सुनुवाइका लागि आज पेसी तोकिएको छ।

प्रधानन्यायाधीशले सो मुद्दाको सुरु र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरित भएको दाबीसहित अधिवक्ता गणेश रेग्मीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा उक्त मुद्दा सुनुवाइ हुने भएको हो। न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिएको हो।

सर्वोच्च अदालतले भने लिखित जवाफमा संविधान बमोजिम प्रधान न्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन नसक्ने जवाफ पेस गरेको छ। प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछिमात्र संवैधानिक नियुक्तिहरुविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *