कांग्रेस अधिवेशनः हजुरबालाई पछार्दै नाति बने सभापति
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनर्गत शनिबार भएको पालिका तहको निर्वाचनमा हजुरबुबार र नातिबीच नै सहमति नजुटेपछि निर्वाचन सम्पन्न भएको छ र परिणाम हजुरबुबालाई हराएर नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्।
प्रसंग रहेको छ कञ्चनपुरको बेलडाँडीमागाउँमा जहाँ हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्। गाउँपालिका कार्यसमितिको सभापतिमा विजयी गजबहादुरले पृतबहादुर १३ दिने जुठो लाग्ने हजुरबुवा भएको बताए। ३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment