कांग्रेस अधिवेशनः पर्वत जिल्लाका पालिकाबाट को–को बने सभापति ?
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको पर्वत जिल्लाका विभिन्न पालिकाहरुले नयाँ सभापति पाएका छन्।७ वटा स्थानीय तह रहेको पर्वतमा सोमबार भएको अधिवेशनले जिल्ला सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारी निर्वाचित भएका छन्।
जिल्लाको २ वटा मात्र रहेको नगरपालिका अन्तर्गत फलेवास नगरपालिकाबाट भने,हिरामणी सापकोटा सभापतिमा चयन भएका छन्।त्यस्तै,जलजला गाउँपालिकाबाट ईन्दु प्रकाश पौडेल,मोदी गाउँपालिकाबाट निर्दोष लामीछाने,बिहादी गाउँपालिकाबाट बिष्णु पौडेल,महाशिला गाउँपालिकाबाट उज्ज्वल गुरुङ,पैयु गाउँपालिकाबाट डम्मर कुमार प्रधान पालिकाको नयाँ नेतृत्वमा आएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment