सभामुख अग्नी सापकोटाविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ जारी
काठमाडौं। सभामुख अग्नीप्रसाद सापकोटाविरुद्धको १० वर्ष पुरानो मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । यसअघि पेशी चढेर हेर्न नमिल्नेमा परेको मुद्दामा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।
सभामुख सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्यामा किटानी जाहेरी परेको छ । लामाको माओवादी विद्रोहका बेला अपहरणपछि हत्या भएको थियो । लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको आरोपसहित लामाकी पत्नी पूर्णिमाया लामाले २०६८ सालमा मुद्दा दायर गरेकी थिइन् । त्यसपछि सर्वोच्चका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले यो मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो।
यस बीचमा सापकोटा झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषदमा संचारमन्त्री समेत भए । उनलाई मन्त्री नियुक्त गरिएपछि अधिकारकर्मीहरुले ‘गम्भीर कसूरको अभियोग लागेका व्यक्तिलाई सार्वजनिक पदमा नियुक्त गर्न नहुने’ भन्दै अर्को मुद्दा दायर गरेका थिए । अधिकारकर्मीहरुले हालेको सोही मुद्दामा तत्कालीन समयमा कानुन व्यवसायीको हैसियतमा अहिलेका न्यायाधीश हरिकृष्ण कार्कीले सापकोटा विरुद्ध बहस गरेका थिए ।







डिसी नेपाल








Facebook Comment