एमालेको प्रथम विधान महाधिवेशन, को को छन् प्रतिनिधि ?
काठमाडौं।नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिले प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको जनाएको छ ।समितिका संयोजक रामबहादुर थापा बादलकाअनुसार, विधान महाधिवेशनमा विभिन्न कमिटीबाट प्रतिनिधित्व रहेको छ ।
जसमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधिहरु, प्रदेश कमिटीका सबै सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधिहरु सहभागी हुनेछन् ।त्यसैगरी पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसदहरु, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुखहरु, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखहरु रहेका छन् ।
जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधिहरु, भारतलगायत प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधिहरु, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्यहरु पनि प्रतिनिधि छन् ।१५(१७ असोजसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चल्ने विधान महाधिवेशनको उद्घाटन भोलि अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । प्रस्तावमाथि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।







डिसी नेपाल








Facebook Comment