जेब्राक्रसमा पर्यटक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
९ साउन २०८३ १६:५५

पोखरा । पोखरा महानगरपालिका–१०, उत्तमचोकस्थित जेब्राक्रसमा पर्यटक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब २:५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१-००१ प ००३० नम्बरको पर्यटक बसले जेब्राक्रसबाट बाटो काटिरहेका स्याङ्जा घर भई हाल पोखरा–१० बस्दै आएका राम (राजु) थापालाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्यालेक्सी अस्पतालमा दिउँसो ३:०८ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनामा संलग्न बस चालक स्याङ्जाको भिरकोट नगरपालिका–३ का ३७ वर्षीय दिनेश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी सूचना अधिकारी वरिष्ठ नायव निरीक्षक यामनाथ पनेरूले जानकारी दिएका छन्।

यसैबीच, यसअघि बुधबार राति पनि पोखरा-१५, ढुंगेसाँघुमा हायस गाडीले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय चालक लोकबहादुर गुरुङको पनि मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *