एमाले विधान महाधिवेशन : ओली स्कर्टिङमा जाँदै, गाेदावरीमा चलहपहल

डिसी नेपाल
१५ असोज २०७८ १२:३९
320
Shares

काठमाडौं। एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ। ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन हुन लागेको हो।

अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरूले स्कर्टिङ गरेर महाधिवेशनस्थल लैजाने कार्यक्रम छ। ओली नपुग्दै महाधिवेशनस्थलमा भने नाचगान सुरु भइसकेको छ। राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध कलाकारहरूले नाचगान गरिरहेका छन्।

पार्टी विभावन लगत्तै एमालेले विधान महाधिवेशनको आयोजना गरेको हो । १५–१७ असोजसम्म विधान महाधिवेशन हुनेछ । एमालेले आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्दै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.