केपी ओलीको स्वागतमा पञ्चकन्या
काठमाडौं। एमाले अध्यक्ष तथा विधान महाधिवेशन कार्यक्रमका सभापति केपी ओलीको स्वागतमा पञ्चकन्या खटाइएको छ । पुष्पगुच्छासहित एकै प्रकारको पोशाक लगाएका कन्याले ओलीसहितका शीर्ष नेतालाई पुष्पगुच्छाले स्वागत गर्दैछन्।
पञ्चकन्यासँगै नेता रामबहादुर थापा ‘बादल’, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, महाधिवेशन भएको क्षेत्र ललितपुरका एमाले सांसद नवराज सिलवाललगायतका नेताहरू स्वागतका लागि बसेका छन्।
१५–१७ असोजसम्म एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment