ओलीले प्रतिवेदन प्रस्तुत गर्दागर्दै बीचमै छाडे, शंकर पोखरेल प्रस्तुत गर्दै
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जारी प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्तुत गर्न बीचमै छाडेर शंकर पोखरेललाई जिम्मेवारी दिएका छन् ।
गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहँदा अस्वस्थताको कारण देखाउँदै बीचमै छाडेका हुन् ।
‘रुघाखोकीका कारण मलाई असहज भइरहेको छ । राजनीतिक प्रतिवेदन लामो पनि छ’, ओलीले भने, ‘म राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेता शंकर पोखरेललाई जिम्मेवारी दिन्छु ।’
अध्यक्ष ओलीले बीचमै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न छाडेर जिम्मेवारी दिएपछि अहिले नेता पोखरेलले अध्यक्षकोतर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment