भारतसँग सम्बन्ध सुदृढ बनाउन दिल्ली जाँदै डा. महत

डिसी नेपाल
२० असोज २०७८ १०:३५
64
Shares

काठमाडौं। पार्टीगत रुपमा सम्पबन्ध स्थापित गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वमा तीन सदस्यीय टोली बिहीबार भारत जाँदैछ। सहमहामन्त्री डा. महतसँगै केन्द्रीय सदस्य अजय चौरसिया र नेता उदय शमशेर राणा बिहीबार भारत जाँदैछन्।

‘पार्टी–पार्टीबीचको सम्बन्ध स्थापित गर्न र अहिले हाम्रो पार्टीको नेपालमा सरकार र भारतमा पनि बिजेपीको सरकार भएका कारण पार्टीगत रुपमा सम्बन्ध स्थापित गर्दा त्यसले सरकारलाई पनि सहयोग पुग्ने भएकाले यो भ्रमण तय भएको हो,’ डा. महतले डिसी नेपालसँग भने।

चार दिने भ्रमणमा पार्टी र सरकारबीचको सम्बन्ध बढाउने काम हुने उनले बताए। गत अगष्ट महीनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए। उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.