लुम्बिनीमा अस्पताल बनाउने बौद्ध विश्वविद्यालयको योजना
बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ। धुलिखेल अस्पतालसँग सहकार्य गरेर खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो।
शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना रहेकाे विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए। ‘अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुग्नेछ,’ उनले भने।
अस्पतालमा विशेषज्ञ डाक्टरसहित आठ जनासम्म स्वास्थ्यकर्मी रहने याेजना बनाइएकाे छ। अस्पताल ५० बेडसम्मको सञ्चालन गर्ने योजना छ।
विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माण स्थलको अध्ययन गरेको छ। धुलिखेल अस्पतालका डा. प्रविन कर्माचार्य र दिनेश थापाको टोली र विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो।







डिसी नेपाल








Facebook Comment