नेकपा शैली पछ्याउँदै नेकपा (एस), ११ जनाको बन्यो ‘हाइकमान्ड’

डिसी नेपाल
२२ असोज २०७८ १२:२७
1.0k
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले तत्कालीन नेकपा शैलीकै हाइकमान्डका रूपमा सचिवालय गठन गर्ने निर्णय गरेको छ।

पार्टीको स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो । यो सचिवालयले महत्वपूर्ण निर्णय लिन सक्ने अधिकार राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

सचिवालयमा नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, तीन उपाध्यक्षहरू क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन्।

त्यसैगरी, सचिवालयमा महासचिव बेदुराम भुसाल, उपमहासचिवत्रय जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र विजय पौडेलका साथै गंगालाल तुलाधर छन्। बैठकले स्थायी कमिटी र केन्द्रीय सदस्य संख्यालाई पूर्णता दिएको खतिवडाले बताए पनि नाम भने फाइनल भइनसकेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.