एमालेबाट संसद अवरोध कायमै

डिसी नेपाल
२२ असोज २०७८ १४:३८
32
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखेको छ ।बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरेका थिए।उनले,नेपालको संविधानको धारा १०५ को व्यवस्था र प्रतिनिधिसभा नियमावलीअनुसार सांसदलाई संयमित हुँदै प्रस्तुत हुन आग्रह समेत गरेका थिए।

तर एमालेले भने,सभामुखको भूमिका निश्पक्ष नभएको भन्दै भदौ २२ यता बसेको बैठक निरन्तर रुपमा अवरोध गर्दै आएको छ।प्रतिनिधि सभाको अर्को बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *