झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता, गैरसांसद गजेन्द्र हमाल पनि मन्त्री (सूचीसहित)

डिसी नेपाल
२२ असोज २०७८ १५:४५
904
Shares

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। देउवाले आजै मन्त्रिपरिषदलाई विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफूलाई कम मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएपछि मन्त्रिपरिषद विस्तार धकेलिएको थियो। दलहरूबीच बिहीबार पनि छलफल भएको थियो। देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका हुन् । देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ ।

कसलाई कुन मन्त्रालय ?

कांग्रेसबाट

गृहमन्त्री– बालकृष्ण खाँण

परराष्ट्रमन्त्री –नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधिमन्त्री– ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिलामन्त्री– दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री– उमा रेग्मी

रक्षा मन्त्रालयमन्त्री – मिनेन्द्र रिजाल

खानेपानीमन्त्री – उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री – गजेन्द्र हमाल (गैरसांसद)

माओवादी केन्द्रबाट

अर्थमन्त्री – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री– देवेन्द्र पौडेल

ऊर्जामन्त्री– पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री– शशि श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री– महेश्वर गहतराज

एकिकृत समाजवादीबाट

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री–रामकुमारी झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री– कृष्णकुमार श्रेष्ठ

सहरी विकासमन्त्री– प्रेम आले

स्वास्थ्य तथा जनसंख्यामन्त्री– विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जसपाबाट

भौतिक पूर्वाधार तथा यातायातमन्त्री – रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री– राजेन्द्र श्रेष्ठ

वन तथा वातावरणमन्त्री– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकासमन्त्री– प्रमोद साह




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.