शहरी विकासमन्त्री झाँक्रीद्वारा पदबहाली
काठमाडौं । जनआन्दोलनकी ‘पोस्टर गर्ल’का नामले परिचित नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्।
पदबहालीपछि काठमाडौँ उपत्यकामा निर्माण हुने चार शहरका विषयमा थप अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले आवास, भवन र शहरी क्षेत्र विकासको कार्यक्रमलाई विस्तार गरिने प्रतिबद्धता जनाएका छन् ।
शहरलाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि नीतिगत काम गर्न सरोकार भएका सबै निकायसँग समन्वयात्मक रुपमा काम गर्ने लक्ष्य पनि उनले सुनाए । मन्त्रालयले अघि सारेका कार्यक्रमका विषयमा जानकारी गराउनुहुँदै सचिव डा रमेशप्रसाद सिंहले २०६९ जेठ ५ गते भौतिक योजना मन्त्रालयबाट शहरी विकास मन्त्रालय छुट्याएपछि भए गरेका कामका विषयमा मन्त्री झाँक्रीलाई जानकारी गराएका थिए । शहरी विकासलाई व्यवस्थित रुपमा अघि बढाउन नगरपालिकाहरूको सम्पर्क मन्त्रालयका रुपमा शहरी विकास मन्त्रालयलाई स्थापित गरिनुपर्ने उनको भनाइ थियो ।







डिसी नेपाल







Facebook Comment