शहीद स्तम्भमा मन्त्रीको माल्यापर्ण
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यापर्ण गरेका छन् ।
माओवादीले शहीद तथा बेपत्ताको स्मृतिमा पार्टी कार्यालयमा शहीद स्तम्भ निर्माण गरेको छ । माओवादीका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले शहीद स्तम्भमा माल्यापर्ण गरेका हुन्।
उनीहरूले शहीद स्तम्भमा माल्यापर्ण गर्दै देश र जनताको पक्षमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । माओवादीले वर्तमान सरकारमा एक राज्यमन्त्रीसहित पाँच मन्त्री पाएको छ । माओवादीले पाएका मन्त्रालयमध्ये यसपटक महिलालाई ५० प्रतिशतको हिस्सा दिएको छ ।
माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा भुसाल, अर्थमन्त्रीमा जनार्दन शर्माले जिम्मा पाएका छन् । माओवादीले महिला, जनजाति, आदिवासी र शहीद परिवारलाई राजकीय जिम्मेवारी दिएको छ ।







डिसी नेपाल







Facebook Comment