चन्दा नदिएको भन्दै चन्द समूहका कार्यकर्ताले अधिकृतमाथि मोबिल छ्यापे

डिसी नेपाल
२४ असोज २०७८ १६:३३
148
Shares

काठमाडाैं।  बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले चन्दा नदिएपछि गाडीमा प्रयोग हुने मोबिल छ्यापेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नेत्रवित्रम चन्द समूहका कार्यकर्तालाई चन्दा नदिएपछि मोबिल छ्यापेका हुन् ।आइतबार मध्यान्ह करिव १२ बजे केही जनप्रतिनिधि र सेवाग्राहीसहित कार्यकक्षमा बसिरहँदा आफू्माथि ५ जनाको संख्यामा आएका चन्द समूहका कार्यकर्ताले मोबिल छ्यापेको सुवेदीले बताए ।

मोबिल छ्यापेर भाग्ने क्रममा मुगुको खत्याड गाउँपालिका, ४ का विजय बिक नाम गरेका एक जनालाई सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीले ढोकामै समात्न भ्याएका थिए । बिक हाल नियन्त्रणमा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.