प्रदेश १ मा विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति, एकैदिन २२ जनाले नियुक्ति पाए

डिसी नेपाल
२५ असोज २०७८ १३:४९
228
Shares

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन्। आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएकाे हाे। प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गरिएकाे हाे।

प्रदेश सरकारले फणिन्द्र अधिकारी, देवी गौतम, भीमराज राई,उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई बोर्डमा नियुक्त गरेको हो। प्रदेश खेलकुद विकास बोर्ड गठन गरिएकाे छ। जसमा पाँचथरका बाबा मेयाङ्वो उपाध्यक्ष बनेका छन्। भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्यमा नियुक्त भएका छन्। सदस्य सचिवमा कृष्ण बस्नेत, (परशुराम) चयन भएका छन्।

प्रदेश श्रम सल्लाहकार समिति पनि बनाइएकाे छ। जसकाे उपाध्यक्षमा राजीव घिमिरे रहेका छन्। भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल,किशोर धमला,अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टीका प्रसाईँ र निलम साह सुनार सदस्यमा नियुक्त भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *