राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

डिसी नेपाल
२८ असोज २०७८ ९:४५
252
Shares

काठमाडौं। नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ। संयुक्त राष्ट्रसंघको ७६ औं महासभाअन्तर्गत जेनेभामा मानव अधिकारको सम्पूर्ण अवस्थाबारे जानकारी गराउँदै नेपालले कसुरदारलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको हो।

नेपालका तर्फबाट प्रतिनिधि अमृत राईले अपराधीलाई संरक्षण नहुने बताए। नेपाल सरकारले कसुरदारलाई कारवाही गर्ने उनको भनाइ थियो ।

‘नेपाल संयुक्त राष्ट्रसंघमा उच्चतम स्तरको आचरण, योग्यता र अखण्डता सुनिश्चित गर्नको लागि राष्ट्रसंघ र सदस्य राष्ट्रहरुसँग सहकार्य गर्न तयार छ,’ राईले भने, ‘अपराधीहरुलाई उनीहरुको अपराधका लागि जिम्मेवार ठहर्‍याइने छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *