ताप्लेजुङमा सर्प दंशबाट एक युवकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएकाे छ। जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो। सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए। अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment