दसैं मनाउन गएकाहरु फर्किन थाले, उपत्यकामा चहलपहल बढ्दै (फोटोफिचर)

फुर्पा शेर्पा
३१ असोज २०७८ १८:२९

काठमाडौं । दसैं विदामा घर गएकाहरु काठमाडौं फर्किन थालेका छन्। काठमाडौं नजिकका जिल्ला र टाढाका जिल्लाहरुबाट पनि उपत्यका फर्किने क्रम बढ्दो छ।

प्रहरीका अनुसार आइतबारमात्र लाखौं मान्छेहरु काठमाडौं उपत्यका भित्रिएका छन्। मुख्य नाका थानकोट र साँगामा गरी उपत्यकामा दैनिक लाखभन्दा बढी मान्छेहरु भित्रिएका छन्।

करिब ५ दिन सुनसान भएका काठमाडैंका सडकपेटीहरु भरिन थालेका छन्। व्यापार व्यवसाय पनि चल्न थालेका छन्। समग्रमा काठमाडौंमा आइतबारदेखि चहलपहल बढ्दो छ।

सरकारले फुलपातीदेखि ५ दिन दसैंको सार्वजनिक विदा दिएको थियो । प्राय निजी उद्योग व्यवसायले पनि पाँच दिनकै विदा दिएका छन्। हिजोबाट विदा सकिएर कार्यालयहरु खुलेसँगै दसैं मनाउन गएकाहरु फर्किन थालेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *