गिदेरी खोलामा डुबेर बालकको ज्यान गयो

डिसी नेपाल
२ कार्तिक २०७८ ६:२४
76
Shares

उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलामा डुबेर २ वर्षिय बालकको ज्यान गएको छ। बेलका नगरपालिका– २ शान्ति नगर टोलका बिश्वनाथ चन्द्रबंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशी आइतबार दिउँसो घरबाट हराएका थिए।

सोमबार दिउँसो मृतककै दाजु सुमन चन्द्रबंशीले गिदेरी खोलामा डुबेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिएको छ। प्रहरीले कानुनी प्रक्रिया पूरा गरि बालकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *