नेपाली सेनाद्धारा महाकाली बाढीमा फसेका ५ जना स्थानीयहरुको उद्धार

डिसी नेपाल
२ कार्तिक २०७८ २०:३२

काठमाडौं। आइतबारदेखिको अविरल वर्षापछि महाकालीमा आएको बाढीका कारण बीच भागमा फसेका मसेट्टीका ५ जनाको नेपाली सेनाद्धारा उद्धार हुन सफल भएको छ ।

नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उनकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् । मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन ।

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *