तीन दिनदेखि निरन्तर वर्षका कारण ताप्लेजुङ अन्धकार

डिसी नेपाल
३ कार्तिक २०७८ १७:५०

काठमाडाैं।तीन दिनदेखि निरन्तर वर्षाका कारण ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो ।

गत आइतबारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली नभएपछि सोमबारदेखि मोबाइल सेवासमेत अवरुद्ध भएको छ ।

ल्याण्डलाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवरुद्ध भएको छ । साथै बिजुली नहँुदा स्थानीय सञ्चारमाध्यमसमेत प्रसारणमा समस्या आएको छ । इन्टरनेट सेवा बन्द भएसँगै सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मङ्गलबार र बुधबार इन्टरनेट अवरुद्ध भएपछि वित्तीय कारोबार साथै बैंकिङ कारोबारसमेत समस्या भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *