काठमाडौंमा बिहानै घाम लाग्यो, आज कहाँ-कहाँ पर्छ पानी ?

डिसी नेपाल
४ कार्तिक २०७८ ६:५९

काठमाडौं । पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ।

बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । बिहीबार बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ।

दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ। महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ।

शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *