भारतबाट आउने जङ्गली हात्तीका कारण धान सखाप

डिसी नेपाल
५ कार्तिक २०७८ १७:०६
32
Shares

काठमाडौं । भारतबाट आउने जङ्गली हात्तीका कारण झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीका बासिन्दा दैनिक हैरान खेप्न बाध्य छन्। बेलुका छ बज्न नपाउँदै हात्तीको बथान मेची नदी तरेर नेपाल प्रवेश गर्ने र किसानको पाक्न लागेको धान बालीमा रात बिताउने गर्छ ।

हरियो हुन थालेदेखि रातभर गोठालो लागेर धान जोगाएका किसानले पाकेपछि जोगाउन नसकेको बताए। मेचीनगर–४ मिलन चोकमा १५० बिघा धान हात्तीले खाइदिएर सखाप पारेपछि किसान अब के खाने भनेर चिन्तामा परेको स्थानीय शङ्कर लुइँटेलले बताए। उनका अनुसार ५० किसानले लगाएको थान दुईदिनमा हात्तीले खाइदिएको हो ।

धेरैको सङ्ख्यामा आउने हात्तीलाई लेखेट्नसमेत समस्या भइरहेको स्थानीय किसान सन्देश पौडेलले बताए । स्थानीय सरकार, डिभिजन वन कार्यालय झापा र प्रहरीसँग समेत बाँकी रहेको पाँकेको धान जोगाइदिनका लागि सहयोग गरिदिन आग्रह गरेका छन्। बाहुनडाँगीमा दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीले दुःख दिइरहेको छ भने बुद्धशान्ति, अर्जुनधारा, दुहावढी, चन्द्रगढीलगायत क्षेत्रमा रैथाने हात्तीले पाकेको धान खाएर दुःख दिइरहेको किसानको गुनासो छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *