एमाले वडा अधिवेशनः तेह्रथुमका ४३ मध्ये १७ वडामा शनिवार अधिवेशन हुँदै

डिसी नेपाल
६ कार्तिक २०७८ १०:४८
304
Shares

तेह्रथुम । तेह्रथुम जिल्लामा ४३ मध्ये १७ वटा वडाहरुमा नेकपा एमाले तेह्रथुमको वडा अधिबेशन शनिवार हुँदैछ। आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिवार वडा अधिवेशन हुन लागेको हो।

जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा ५, छथर गाउँपालिकामा १, फेदाप गाउँपालिकामा ४,मेन्छ्यायेम गाउँपालिकामा ५ र आठराई गाउँपालिकामा २ वटा वडाहरुमा अधिबेशन भइरहेको एमाले तेह्रथुमका प्रचार बिभाग प्रमुख छत्र रिमालले जानकारी दिए।

रिमालका अनुसार लालिगुराँस नगरपालिकाको कुनै पनि वडामा अधिबेशन आज नहुने भएको छ। त्यस्तै, यसअघि नै मेन्छ्यायेम गाउँपालिकाको १,३ र ४ मा अधिबेशन सम्पन्न भएको छ। शनिबार वडा नं ५ र ६ मा हुने तयारी भएको छ।

शनिवारबाट सुरु भएको अधिवेशन आगमाी कात्तिक २४ गते सम्पन्न हुने प्रचार बिभाग प्रमुख रिमाले बताए। तेह्रथुमका पालिका अधिबशेन भने कार्तिक २७ बाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *