प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

डिसी नेपाल
७ कार्तिक २०७८ १३:१२
88
Shares

विराटनगर। मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश १ ले माग गरेको छ। मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबारको बैठकमा मतविभाजन गरिने तयारी थियो।

तर, कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र बुझाएपछि एमालेले पनि आफ्नो पार्टीको १०औँ महाधिवेशन अन्तर्गतका कार्यक्रम देखाएर प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको हो।

एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई सम्बोधन गरी बुझाएको पत्रमा १५ कात्तिकसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरिएको छ। यसअघि आइतबार नै कांग्रेसले पनि प्रदेशसभाको आइतबारको बैठक स्थगित गर्न माग गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *