‘केपी ओली फेरि पाँच वर्षलाई प्रधानमन्त्री बन्ने योग छ’
झापा। एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन्। आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन्।
घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ। मेरो आशीर्वाद पनि छ। प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ। फागुनपछि हुने योग छ। एकदम राम्रो योग छ। सफल होस् मेरो शुभकामना छ।’
काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए।
‘म काठमाडौ जान्नँ। उता घुम्न पाइन्नँ। घरभित्रै थुनिनुपर्छ। यहाँ घुम्न पाइन्छ। ओखती उपचारमा सहयोग गर्नुपर्छ। छोरासँग बेला बेला फोनमा कुरा हुन्छ। काठमाडौं बोलाउँछ। तर, मलाई यतै ठिक लाग्छ। यता एक्लै डुल्न पाइन्छ। उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भने। झापाको भद्रपुर–१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुगेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment