एमालेको वडा अधिवेशन : महोत्तरीमा विवादपछि समानान्तर कमिटी गठन
महोत्तरी । महोत्तरीमा नेकपा एमालेको वडा अधिवेशमा विवाद सिर्जना भएको छ। वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरूमा समान्तर कमिटी समेत गठन भएका छन्।
पाटीभित्र गरेको योगदानलाई बेवास्ता गरी नातागोता र सम्बन्धको आधारमा निर्वाचित गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको छ।
केही असन्तुष्ट समुहले समानान्तर कमिटी गठन गरे पनि छिट्टै त्यसलाई समाधान गर्ने नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले बताए।
‘यदि दुवै पक्षमा सहमति नभए हामी निर्वाचन नै गर्ने तयारी गर्दै छौँ। अवस्था हेरेर तुरुन्त निर्णय गर्छौ’, सचिव झाले न्युज कारखानासँग भने।
महोत्तरीका १३७ वडामध्ये करिब ८० प्रतिशत वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयन भएको झाले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment