प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल चल्दै
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशहरुबीच अहिले छलफल भइरहेको छ।
न्यायपालिकामा देखिएको समस्या र नेतृत्वमाथि उठेका प्रश्नमा आफ्नो धारणा राख्न असन्तुष्ट न्यायाधीशहरु प्रधानन्यायाधीश चेम्बरमा पुगेका हुन्।
प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै न्यायाधीशहरु विद्रोहमा उत्रिएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको छ। इजलास बस्न सकेको छैन।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच भेटघाट तथा छलफल भइरहेको बताए। उनका अनुसार छलफलमा सबै न्यायाधीश सहभागी छन्।
मन्त्रिमण्डलमा भाग लिएको, संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइ रोकेको, स्वचालित विधि अर्थात गोलाप्रथाबाट पेशी तोक्ने प्रतिवेदन कार्यान्वयन नगरेको लगायत विषयमा जोडेर प्रधानन्यायाधीशको राजीनामा माग्ने आवाज बढिरहेको छ।
न्यायालय जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने सर्वोच्चका वरिष्ठतम् न्यायाधीशहरुको पनि निष्कर्ष छ।







डिसी नेपाल








Facebook Comment