समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए

डिसी नेपाल
९ कार्तिक २०७८ १९:०८
1.4k
Shares

बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन् ।

मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन् । उनलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए ।

अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग छलफल गरेका थिए । छलफलपछि उनी मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाएका हुन् । ढकाल रुपन्देहीमा एमालेका पुराना नेताको रूपमा चिनिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.