सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
सुदूरपश्चिम । जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ।
चालु आर्थिक वर्षको सुरुआतदेखि नै राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको अत्यधिक चाप बढेकाले आजदेखि सार्वजनिक बिदा (शनिबार र आइतबार) समेत सेवा सञ्चालन हुनेगरी काम सुरु गरिएको प्रशासकीय अधिकृत यादवबहादुर भण्डारीले जानकारी दिए।
सार्वजनिक बिदाका दिन बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी काम जारी रहने उनले बताए। यसैगरी धनगढी उपमहानगरपालिका-६, कैलारी गाउँपालिका-७ र गोदावरी नगरपालिका-८ को वडा कार्यालयबाट यसअघि सञ्चालन गरिएको अभियानका क्रममा विवरण दर्ता गराएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र बुझिलिन अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा गत आर्थिक वर्षमा मात्रै ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment