एमाले अधिवेशन : ओखलढुंगाका आठमध्ये पाँच तहमा सहमतिमै नेतृत्व चयन
ओखलढुंगा। नेकपा (एमाले)को पालिका अधिवेशनमा ओखलढुंगामा पाँच तहमा नेतृत्व चयन भएको छ । आठमध्ये तीन तहमा भने बन्द सत्र चलिरहेको एमालेले जनाएको छ । ओखलढुंगामा एक नगरपालिकासहित आठ स्थानीय तह छन्।
पाँच तहका कमिटी सर्वसम्मत चयन गरिएको एमालेका जिल्ला सचिव शंकर कट्वालले जनाकारी दिए। सदरमुकामसमेत रहेको सिद्धिरचण नगरपालिकामा अध्यक्ष मोहन केशी र सचिव कृष्ण कार्की चयन भएका छन्।
चिशंखुगढीमा अध्यक्ष जीवन थापा र सचिव मानबहादुर बस्नेत, खिजीदेम्वामा अध्यक्ष कोपबहादुर सुनुवार र सचिव तिलक बहादुर सुनुवार चयन भएका छन्।
मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष चित्रकुमार तामाङ र सचिव उमेश कार्की, चम्पादेवीमा अध्यक्ष खेम मिश्र र सचिवमा नरहरि खड्का निर्वाचित भए। मोलुङ, सुनकोसी र लिखुमा नेतृत्व चयन भइसकेको छैन । मोलुङमा दुई प्यानलले उम्मेदवारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको छ भने सुनकोसी र लिखुमा बन्द सत्र चलिरहेको एमालेले जनाएको छ।







डिसी नेपाल








Facebook Comment