बाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित

डिसी नेपाल
१० कार्तिक २०७८ १४:३७
200
Shares

हेटौँडा। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित गरिएको छ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी गराएकी थिइन्। यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।

शाक्यको राजीनामा घोषणा भएसँगै अब बाग्मतीमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ। प्रदेशसभामा १०९ जना सांसद छन्। सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ। तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन्। यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो।

माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *