प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

डिसी नेपाल
१० कार्तिक २०७८ १८:२४
196
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७\७८’ पेस गर्ने उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई प्रश्न उठाएर प्रमुख प्रतिपक्षी दल एमालेले जारी अधिवेशनका हरेक बैठकमा नाराबाजी गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *