तिहारको मुखमा धमाधम विदेश जाँदै नेपाली युवा
काठमाडौं। नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएको छ। तिहारको आज तेस्रोदिन लक्ष्मी पूजा। धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ। दुई दिनपछि भाइटिका छ। भनिन्छ, तिहार पर्व दाजुभाइ र दिदीबहिनीको पर्व हो। दाजुभाइ र दिदीबहिनीले टिका माला लगाएर प्रेम र सद्भावमा खुसी हुने बेलामा कतिपयले देश छोडेर जानु परेको छ।
लक्ष्मीपूजाको दिन पनि नेपालबाट रोजगारीको शीलशीलामा विदेश जानेको ठूलै लाम देख्न सकिन्थ्यो। तिहारको अघिल्लो दिन मातृभूमी छोडेर परदेश जान लागेका कसैको पनि मनमा हर्ष थिएन।
टिकट चेकजाँच गर्नका लागि लाइनमा बसेका सबैको मनमा घर, तिहार र विशेषगरी दिदीबहिनी खेलिरहेको कुरा अनुहारमा नै देख्न सकिन्थ्यो।
विदेशीनु नेपालीको रहर नभएर कहर भएको छ। नेपालमा भनेजस्तो रोजगारी नपाएपछि वैदेशीक रोजगारीका लागि आवेदन दिएकाहरुलाई आजैको दिन जानु पर्ने गरी भिषा र हवाई टिकट हात परेपछि भविष्यका तिहारहरुमा रमाइलो गर्ने सुन्दर सपना देख्दै मन बुझाइरहेको देखिन्थ्यो।
सबै फाेटाे रासस


No ads found for this position


डिसी नेपाल
Facebook Comment