न्यायाधीश र बारको आन्दोलनबीच ६ वटा इजलास गठन

डिसी नेपाल
२२ कार्तिक २०७८ ११:१७
68
Shares

काठमाडौं। न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन्। ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ।

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन्।

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.