चिनियाँ सेनाद्वारा तीन लाख मात्रा भेरोसेल खोप नेपाली सेनालाई प्रदान
काठमाडौं । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको तीन लाख मात्रा खोपसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप र अन्य सामग्री सहयोग गरेको हो ।
चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमवार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन्। नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचको सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment