बाढीपीडितका लागि थाई एयर फोर्सले ल्यायो २० हजार केजी राहत सामग्री

डिसी नेपाल
२१ भदौ २०८३ १६:१०

काठमाडौं । भोटेकोशीमा आएको बाढीपीडितका लागि थाइल्याण्ड सरकारले पठाएको राहत तथा उद्धार सामग्री लिएर थाई एयर फोर्सको जहाज काठमाडौं अवतरण भएको छ।

थाई वायुसेनाको टोलीले झन्डै २० हजार किलोग्राम राहत तथा उद्धार सामग्री बैङ्ककबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएको हो।

नेपालस्थित थाइल्याण्डका राजदूत वापोङ सिरिसोर्नले ती राहत सामग्रीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *