बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

डिसी नेपाल
१ मंसिर २०७८ १०:५१
60
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ।

बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ। जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन्।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन्। कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *