काठमाडौंका यी क्षेत्रमा आज एक घण्टा विद्युत् आपूर्ति प्रभावित हुने

डिसी नेपाल
७ साउन २०८३ १७:११

काठमाडौं। स्युचाटार सबस्टेशनको १३२ केभी बसबारमा आकस्मिक समस्या देखिएपछि मर्मत कार्यका लागि बिहीबार अपराह्न एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुन सक्ने भएको छ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै आज ४ः३० बजेदेखि ५ः३० बजेसम्म (करिब एक घण्टा) मर्मत कार्यका लागि सटडाउन लिनुपर्ने भएकाले केही क्षेत्रमा विद्युत सेवा प्रभावित हुन सक्ने जनाएको हो।

प्राधिकरणका अनुसार स्युचाटार, पाटन, के–३ र टेकु सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रहरूमा यस अवधिमा विद्युत सेवा अवरुद्ध हुन सक्नेछ।

प्राधिकरणले मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत सेवा तत्काल पुनः सञ्चालन गरिने जनाएको छ।

विद्युत आपूर्ति अवरुद्धबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमायाचना समेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *