न्यायालयको गतिरोधमा सरकार मुखदर्शक भएर बस्न मिल्दैन : प्रकाशमान सिंह
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा देखिएको गतिरोधमा सरकार मुदर्शक भएर बस्न नमिल्ने बताएका छन्।
विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताए।
‘न्यायालय स्वतन्त्र निकाय हो। सरकार न्यायापालिका भईरहेको विवादको मुखदर्शक हुनु हुँदैन। विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ’, उनले भने । एक दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने सिंहको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment