एनआरएनएको स्थगित १०औँ महाधिवेशन डिसेम्बरमा हुने

डिसी नेपाल
४ मंसिर २०७८ ११:५३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थगित भएको १०औँ महाधिवेशन आगामी डिसेम्बरमा हुने तय भएको छ । एनआरएनएद्वारा जारी विज्ञप्तिका अनुसार १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिने छ भने संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि गरिने निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको हो ।

यसअघि एनआरएनएको १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो । संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट गत सेप्टेम्बर १० मा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएको एनआरएनएका अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बार्तामा परराष्ट्रमन्त्री डा.नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफलपछि सकारात्मक प्रतिक्रिया आएको र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा निर्वाचन तय भएको विज्ञप्तिमार्फत प्रस्ट्याइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *