कुर्दिस्तान प्रवासी नेपाली समाजको अध्यक्षमा विनोद श्रेष्ठ निर्विरोध चयन

डिसी नेपाल
१८ मंसिर २०७८ ९:३८
144
Shares

इराक। इराकको कुर्दिस्तानमा बसोवास गर्दै आएका नेपालीहरुको संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले आफ्नो नयां नेतृत्व चयन गरेको छ। सो संस्थाको हिजो सम्पन चौथो साधारण सभाले विनोद श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिति गठन गरेको छ।

कार्य समितिको बरिष्ठ उपाध्यक्षमा ठूलोकान्छा शेर्पा छन् भने महिला उपाध्यक्षमा शोभा भुजेल चयन भएकी छिन्। साधारणसभाले पूर्णहाङ्ग लिम्बूलाई महासचिवको चिम्मेवारी सुम्पेको छ भने सचिवमा ठिलेन शेर्पा, कोषाध्यक्षमा इन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा साङ्मु तामाङ्ग चयन गरिएका छन्।

संस्थाको नवनिर्वाचित सदस्यहरुमा अबिना तामङ, मैती तामाङ, शान्ता थापा, लमु शेर्पा, सपना सुवेदी, सरोज कार्की, प्रकाश बस्नेत, कुमारी बिष्ट, उदक माया, लक्ष्मी कुमारी गिरी, अस्बिन थापा, आशिका श्रेष्ठ, याङ्गलमु शेर्पा छन्।

एफडब्ल्यूसीडीओ का हामा हजार माहम्मद को प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाको सभापतित्व कमल तामाङ्गले गरेका थिए। कार्यक्रममा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, महिला समाज कुर्दिस्तान इराक, प्रवासी कलाकार ग्रुप कुर्दिस्तान र मगर समाज सुलेमानीसहितका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *