३७.१८ अंकले घट्यो नेप्से परिसूचक, व्यापार र म्युचुअल फण्डबाहेक सबै राताम्मे
काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३७.१८ अंकले घटेर २५०८.९० बिन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार व्यापार समूह र म्युचुअल फण्ड समूह दुवै ०.८२ प्रतिशतले बढेको छ भने बाँकी सबै परिसुचक घटेको छ । सबैभन्दा बढि फाइनान्स समूह ३.८६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया
Facebook Comment