कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ वादीलाई
काठमाडौं ।यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’–२०७७ बाट सुदूरपश्चिम प्रदेशसभा सांसद उमादेवी वादी सम्मानित भएका छन् ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा मीनेन्द्र रिजालले उक्त पुरस्कार सांसद वादीलाई प्रदान गरेका हुन् ।
मन्त्री रिजालले वादीको सामाजिक अधिकारका लागि उमादेवीको योगदान उल्लेखनीय रहेको भन्दै सही व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको बताए। समाज सेवा वा सामाजिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उद्देश्यले मानव अधिकारकर्मी कृष्ण पहाडीका पिता बद्रीप्रसाद पहाडीका नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशि रु एक लाख १० हजार नगदसहित सम्मानपत्र रहेको छ ।
पुरस्कृत व्यक्तित्व वादीले आत्मसम्मानको लडाईंमा आफूले गरेको योगदानको कदरस्वरुप आफूलाई पुरस्कृत गरिएको भन्दै अत्यन्त गौरवान्वित महसुस गरेको बताए। उनले यस पुरस्कारले आफूलाई आगामी दिनमा काम गर्न थप हौसला प्रदान गरेको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment